नरेश सर्राफ/वीरगञ्ज
२१ मंसिर, काठमाडौं । वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा तोडफोड गर्ने तीन जना मधेशी मोर्चाका युवा कार्यकर्तालाई पर्सा प्रहरीले आज विहान पक्राउ गरेको छ । संघीय समावेशी मधेशी मोर्चा गठबन्धनका युवा नेता ईश्वर यादव, निशान्त मिश्रा र अनिल गुप्तालाई अस्पतालमा तोडफोड गरेको आरोपमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । अस्पताल कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पटेलका छोरा रोशन पटेलको नेतृत्वमा मोर्चाका युवा नेताहरुले अस्पताल विकास समितिको कार्यालयमा गई तोडफोड गरेको समितिका अध्यक्ष डा रामजनम तिवारीले बताए । अस्पतालमा एनआईसियु कक्ष संचालन गर्नको लागि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागकै परिपत्रको आधारमा चिकित्सक, नर्स र स्वीपर नियुक्त सम्बन्धी प्रकृया अगाडी बढाई रहेको बेला उनीहरुले कार्यालयमा पसि अचानक तोडफोड गर्नुका साथै लागि बेईज्जती गरेको डा तिवारीले बताए । मोर्चाका युवाहरुले अस्पताल विकास समितिका अध्यक्ष तिवारीलाई नियुक्ती प्रकृयामा अनियमितता गरेको र आफनो मन्त्रीले आदेश नदिएपनि जबरजस्ती नियुक्ती गर्न लागेको आरोप लगाउदै उनीहरुले तोडफोड गरेको डा तिवारीले बताए ।

मोर्चाका युवाहरुले कार्यालयको टेबुल सिसा, नामबोर्ड, टेलिफोन लगायत समान तोडफोड गरेका छन । घटना लगतै अस्पतालमा पुगेको प्रहरीले उनीहिरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी नायब निरिक्षक रमेश रेग्मीले बताए । यता गठबन्धनका युवा नेताहरुले मधेश बन्द रहेको बेला अनियनित तरिकाले नियुक्त गर्न लागेको भन्दै त्यसलाई रोक्न खोजेको बताएका छन । उनीहरुले आईसियु कक्ष बन्द भएको लामो समय हुदा पनि अस्पताल प्रशासनले त्यसलाई संचालन गर्नुपर्ने माग गर्दै नियुक्ती प्रकृया रोक्न अवरोध गरेको बताएका छन । अस्पताल विकास समिति, मेसु र चिकित्सकको आकस्मीक बैठकले पक्राउ परेकालाई कानुन बमोजिम कारवाही हुनुपर्ने माग अघि सारेको छ । बैठक समापन लगतै अस्पतालका मेसु डा रामपरिक्षण यादवले पक्राउ परेका तीनजनालाई कानुनी कारवाहीको लागि स्थानिय प्रशासन संग निवेदन गरेको बताए । साथै बैठकले घटनमा संलग्न अस्पताल कर्मचारी युनियनका अध्यक्षका छोरा रोशन पटेल लगायतको फरार व्यक्तिहरुलाई समेत पक्राउ गरी कानुनी कारवाही हुनुपर्ने माग गरेका हुन । विकास समितिको कार्यालयमा तोडफोड घटना लगतै कर्मचारीले केहि बेर ओपिडी सेवा अवरोध गरे पनि प्रहरीले पुन सुचारु गराएको थियो ।
अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको परिपत्र अनुसार भ्याकेन्सी निकालेर चिकित्सक, नर्स र कर्मचारी छनौट प्रकृया शुरु गरेको थियो । अस्पताल कर्मचारीहरुले नै नियुक्ती प्रकृयालाई बारम्बार अवरोध गर्दै आएका पनि विकास समितिले आईतबार आवेदन दिएकालाई अन्तरर्वाता लिएको थियो । नारायणी उपक्षेत्रिय अस्पतालमा नेपाल सरकार र सार्क चाईल्ड डेभलोपमेन्टको सहयोगमा २५ लाखको एनआईसियु कक्ष संचालन गर्न तयारी गरेको छ । आमा सुरक्षा कार्याक्रम अन्तरगत नेपाल सरकार र सार्क चाईल्ड डेभलोपमेन्टले अस्पतालमा सुविधायुक्त १२ वटा बेड र यसलाई संचालन गर्नको लागि ३५ लाख रुपैया समेत पठाएको छ जसले गर्दा सुत्केरी महिलाहरुको लागि निशुल्क सेवा सुविधा उपलब्ध गराउन सकिन्थ्यो । एनआईसियु कक्ष नहुदा सुत्केरी गराउन आउने महिलाहरुलाई सेवा सुविधा नहुँदा अस्पतालकै कर्मचारीहरुले अन्य अस्पतालमा पठाउने गरेका थिए । जसले गर्दा गरिब जनताहरुले महंगा रकम तिरेर सुत्केरी गराउन बाध्य भएका थिए । विगत २ बर्षको प्रयास पछि सुविधा सम्पन्न छुटै एनआईसियु कक्ष संचालन गर्न तयारी गरी रहेको बेला अस्पताल कर्मचारीले नै संचालनमा अवरोध पु¥याउने गरेको कर्मचारी विकास समितिका सदस्य सन्तोष पासवानले बताए । आफन्तहरुलाई नियुक्त नगरेको भन्दै उनीहरुले नियुक्ती प्रकृया विभिन्न बहानामा अवरोध गर्दै आएपनि कर्मचारी नियुक्त सम्बन्धी १ दिन रिजल्ट आउन लाग्दा मधेशी मोर्चाका युवाहरुलाई बोलाएर अस्पतालमा तोडफोड गर्न लगाएको सदस्य पासवानले बताए ।












