१८ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपलाइ स्टालिन शैलीमा विरोधीको चरित्र हत्या गर्ने र भौतिक सफायासम्म गर्ने प्रचण्डको पुरानो शैली कै निरन्तरता भएको टिप्पणी गरेका छन्।
आफूभन्दा फरक विचार राख्नेलाई भौतिक सफायासम्म गर्ने स्टालिनको विरासत प्रचण्डले लिएको र यसबाट प्रचण्ड मुक्त हुन नसकेको भट्टराईको आरोप छ।

‘आफूभन्दा फरक विचार राख्नेहरूलाई मुख्यतः स्टालिनको पालादेखि ‘बाह्य शक्ति’ सँग जोडेर चरित्र हत्यामात्र हैन भ्याए पुगेसम्म भौतिक सफाया गर्नेसम्मको दुःखद विरासतबाट प्रचण्ड यति छिटै मुक्त हुने आशा गर्नु सायद आदर्शवादी परिकल्पना मात्रै हुन्छ’ भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन ‘स्टालिनको पालामा कम्युनिष्ट पार्टीका दुइतिहाइ अर्थात ९८ जना पोलिटब्यूरो र केन्द्रीय सदस्यलाई जर्मन एजेन्टको काल्पनिक आरोप लगाएर मारिएको कलंकपूर्ण इतिहासको भूतले कम्युनिष्टहरूलाई कहिलेसम्म लखेटिरहने हो भविष्यले नै बताउनेछ।‘
जारी केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा प्रचण्डले संविधान निर्माण र भारतीय नाकावन्दीको सेरोफेरोमा भट्टराईले पार्टी छाड्ने निर्णयलाइ ‘सुनियोजित’ भएको आरोप लगाएका थिए।
प्रचण्डको दस्तावेजमा भट्टराईले पार्टी मात्र होइन, माक्सवाद नै परित्याग गरेको उल्लेख छ ।
माओवादी जनयुद्धको पछिल्लो समय र विशेषत शान्ति प्रक्रिया पश्चात भट्टराईलाई एमाओवादी संस्थापनले ‘भारतीय विस्तारवाद’सँग जोडेर हेर्ने गरेको छ।











