१७ मंसिर, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीद्वारा आक्रमण हुँदा १४ जनाको ज्यान गएको छ । घटनामा १७ जना गम्भीर घाइते भएका छन् ।

समाचार अनुसार एक पुरुष र अर्का महिला आक्रमणकारीलार्इ प्रहरीले गोली हानेर मारेको बताइएको छ ।
क्यालिफोर्निया शहरको स्यान बरनारडिनोस्थित सामाजिक एजेन्सीको कार्यालयमा करिब तीन सन्दिग्ध बन्दूकधारीले गरेको गोली वर्षाएर गरेको आक्रमणमा त्यतिका संख्यामा हताहत भएको हो ।
पुलिसले दुर्इ सन्दिग्ध हमलाकारीलार्इ पनि गोली हानी मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमलाकारीहरु कालो रंगको गाडीमा आएका थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार यो घटनामा १४ जनाको ज्यान गइसकेको छ । समाचार अनुसार घटनाका बेला उक्त स्थानमा तीन बन्दूकधारी देखा परेका थिए ।
ट्विटरमा दमकल विभागले जनाए अनुसार एसबीएफडी यूनिटले हमलाकारीलार्इ जबाफ दिएको थियो । एक स्थानीय रिपोर्टरका अनुसार उनले घटनास्थलमा तीन शव देखेका थिए ।
गोली चलेपछि दर्जनौ मानिस एक भवनबाट बाहिर आत्तिँदै बाहिर निस्केका थिए । यो भवन बाहिर सयौं प्रहरी तैनाथ रहेका छन् ।
स्यान बरनारडिनो पुलिसले ट्विटरमा एकदेखि तीन सन्दिग्ध बन्दूकधारी हमलाकारी भएका पुष्टि गरेको छ । पुलिस अन्य बन्दुकधारी र अभियुक्तको खोजीमा लागेको छ।
पुलिसका प्रवक्ताले लस एन्जेल्स टाइम्सलार्इ बताए अनुसार सन्दिग्ध व्यक्तिहरु धेरै मात्रा गोलाबारुद बोकेर आएका थिए । बम स्क्वाड घटनास्थलमा पुगेर बम निष्कृय गर्न तैनाथ थियो ।
समाचार अनुसार व्हाइट हाउसले जनाए अनुसार घटनाबारेमा राष्ट्रपति बराक ओबामाले पनि जानकारी लिएका छन् । यसका साथै अमेरिकाका राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनले यो घटनालार्इ आफूले सामान्यरुपमा नहेरेको प्रतिक्रिया दिएकी छन् ।
उनले अब गोलीबारी र हिंसालार्इ कुनै पनि अवस्थामा रोक्नका लागि ठूलो कदम उठाइने बताइन् ।
क्यालिफोर्निया डिपार्टमेन्ट अफ डेभलपमेन्टल सर्भिसेजका प्रवक्ता नेन्सी लङगरेनले बताए अनुसार गोलीबारी इनल्यान्ड क्षेत्रिय केन्द्रमा भएको हो । यो राज्यले चलाइरहेका २१ केन्द्र मध्ये एउटा हो । यो केन्द्र अपाङ्गहरुका लागि सञ्चालित रहेको छ ।











