१७ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति, मधेसी मोर्चा र पद्मरत्न तुलाधरको जनजाति अभियानको काठमाडौंकेन्द्रित आन्दोलन आजबाट सुरु भएको छ । आन्दोलनका घोषित कार्यक्रममध्ये अन्तरक्रिया कार्यक्रम आज गरिएको हो ।
प्रज्ञाभवनमा आयोजित अन्तरक्रियामा डा. बाबुराम भट्टराई, मधेसी मोर्चाका नेताहरु, दमननाथ ढुंगाना लगायतका व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बाबुरामको नयाँ शक्ति र मधेसी मोर्चाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गर्दै मंसिर १७ मा अन्तरक्रिया र त्यसपछिका दिनमा धर्ना र र्याली गर्ने कार्यक्रम तय गरेको थियो ।












