१६ मंसिर, नेपालगन्ज। बाँकेको नेपालगन्ज रुपैडिया नाकामा भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि बम प्रहार भएपछि बुधबार स्थिति तनावपूर्ण बनेको छ । भारतीय भूभागबाट नेपाल प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो । भारतबाट आएको मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो ।

प्रहरीले पनि प्रदर्शनकारीमाथि ढुंगा हानेर खेदेको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् । स्थिति तनावपूर्ण भएपछि भारतीय सिमा सुरक्षाबल दशगजामा तैनाथ भएपछि प्रदर्शनकारी केही तितरवितर भएका थिए । नेपाल–भारत सिमा सुरक्षाबारे दुवै देशका अधिकारीको बैठक सकिएलगत्तै तनाव सिर्जना भएको थियो । यस नाकामा तीन दिनदेखि लगातार तनाव हुँदा इन्धन आयात रोकिएको छ ।











