१६ मंसिर, काठमाडौं । आज बेलुका ६ बजे हुने भनिएको संयुक्त वार्ता स्थगित भएको छ । मधेसी मोर्चाभित्र तीव्र मनमुटाव सिर्जना भएको र प्रमुख तीन दलभित्र कांग्रेसले धोका दिएका कारण आजको वार्ता स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुकाका लागि निर्धारण गरिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, मधेसी मोर्चा र सत्ता पक्षबीचको वार्ता स्थगित भएको ट्वीट मार्फत जानकारी गराएका छन् ।
आजका लागि निर्धारित प्रमुख प्रतिपक्षी, मधेसी मोर्चा र सत्तापक्षको वार्ता स्थगित भएको छ । भोलि विहान प्रमुख तीन दलको बैठकपछि अर्को मिति तय हुनेछ ।
आन्दोलनरत मधेसी मोर्चामा सम्बद्ध दलहरुबीच मतभेद बढेको र प्रमुख तीन दलमध्ये कांग्रेसले समेत अवरोध सिर्जना गरेका कारण आजको वार्ता हुन नसकेको विश्वस्त स्रोतले बताएको छ ।












