१६ मंसिर, काठमाडौं । चीन निकट रहेका उपेन्द्र यादव र भारतीय योजनामा काम गरिरहेका राजेन्द्र महतोबीचको मनमुटाव उत्सकर्षमा पुगेको छ । पहिलेदेखिका विपरीत धारका यी दुईबीचको झगडाका कारण मधेस आन्दोलन समस्यामा पर्ने भएको छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनका आडमा नेपाल र चीनविरोधी गतिविधि गरेकाले मधेस आन्दोलन वदनाम भएको उपेन्द्र यादवले बताउँदै आएका छन् । उपेन्द्र यादवकै कारण मधेस आन्दोलनलाई आफ्नो पक्षमा पार्न नसकिने भारतीय विश्लेषणका कारण पनि मधेस आन्दोलनबाट उपेन्द्रलाई लखेट्ने निर्देशन भारतले दिएको बताइन्छ ।

मधेसमा मात्र केन्द्रित फोरम नेपाललाई उपेन्द्रले पहाडी तथा जनजातिको समेत पार्टी बनाउने गरी संघीय समाजवादी फोरम नेपाल बनाएपछि नै पहाड विरोधी महतो रुष्ट हुँदै आएका थिए । मधेस आन्दोलनका क्रममा महतोका कार्यकर्ताले चीनको झण्डा जलाएपछि दुई नेताबीचको मनमुटाव झनै बढेको थियो । चीनले विश्वासपात्र ठानेको उपेन्द्र यादव मधेस आन्दोलनमा हुँदा झण्डा जलेपछि चीनले समेत यादवसँग स्पष्टीकरण सोधेको थियो । यतिवेला दुवै नेताको झगडा उत्कर्षमा पुगेका कारण आन्दोलनमा समेत असर परिरहेको मधेसका स्थानीय नेताहरुले बताउने गरेका छन् । दुई नेताबीच एकअर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भ देखिएको समेत कार्यकर्ताहरुले बताउँदै आउका छन् ।
उपेन्द्र र राजेन्द्रको स्वभावका कारण पनि उनीहरु एकअर्कोलाई मन पराउँदैनन् । पहाडी समुदाय र खासगरी नेपालविरोधी उत्तेजक उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने राजेन्द्रको बानी उपेन्द्रलाई मन नपरेको र नरम भाषा प्रयोग गर्ने तथा पहाडी तथा जनजातिसित सहकार्य गर्ने यादवको शैली महतोलाई मन नपरेकोले मधेसी मोर्चा नै टुक्रिने अवस्थामा पुगेको स्रोत बताउँछ । पहिले उपेन्द्रको दलविना बनेको मधेसी मोर्चामा पछि मात्रै उपेन्द्रलाई समावेश गराइएको थियो ।











