१४ मंसिर, काठमाडौं । नेपालको नाकाबन्दी खोल्न भन्दै भारत जाने र मोटो रकम लिएर नाकाबन्दी झनै कडा पार्ने षडयन्त्र गर्दै आएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आज फेरि भारत जाँदै छन् । थापा दुई दिने भारत भ्रमणका क्रममा सोमबार चार बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनको भ्रमण निजी भनिए पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग समेत भेटवार्ता हुने छ ।
हिन्दू राज्यको निरन्तर माग गरेका थापाले युरोपियन युनियनबाट करोडौं रकम लिएर धर्मनिरपक्षेता स्वीकारेको आरोप लाग्दै आएको छ । यतिवेला भारतीय सत्तारुढ दल बिजेपीको भित्री इसारामा नेपाललाई फेरि हिन्दू राज्य बनाउने कार्यमा थापा लागेको गोप्य स्रोत बताउँछ । यही बाहानामा थापा एक अध्यात्मिक कार्यक्रममा सहभागी हुन बैंगलोर जान लागेका हुन् ।
बैंग्लोरबाट मंगलबार दिल्ली फर्केर मन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग छलफल गर्ने कार्यक्रम रहेको छ । यसअघि कात्तिक एक गते भारत भ्रमणमा गएका थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपालको सीमानामा जारी अवरोध हटाएर आपूर्ति सहज बनाउन आग्रह गरेको दावी गरेका थिए । बाहिर नाकाबन्दी खोल्न आग्रह गरेको बताए पनि थापाले भित्री रुपमा भने बजेपीबाट मोटो रकम लिएर चीनसँग तेल सम्झौता रोक्ने काम गरिरहेका छन् ।












