१४ मंसिर काठमाडौं । पुराना सवारी चालक अनुमति पत्र अर्थात् ड्राइभिङ लाइसेन्स आजदेखि खारेज भएका छन् । न त आजदेखि तपाईहरुले यस्तो लाइसेन्स नै बनाउन पाउनुहुने छ । अब त तपाईले नयाँ प्रविधिको स्मार्ट कार्ड बनाउनुपर्ने छ । किनभने यातायात व्यवस्था विभागले आज मंसिर १४ गते सोमबारबाट स्मार्ट कार्ड प्रणालीको सुरूवात गरेको छ । लाइन्सेन्सको सट्टामा प्रयोग हुने यो कार्डले लाइन्सेन्समा हुने सबै किसिमका विकृति हट्ने विभागको दावी छ । यो स्मार्ट कार्ड १० वर्षसम्म खप्ने र यात्रुहरुलाई पनि सहज हुने विभागले जनाएको छ । यही स्मार्ट कार्डका विषयमा यातायात व्यवस्था विभागका निर्देशक बसन्त अधिकारीसँग सुदीप रेग्मीले गरेको कुराकानी ।
सरकारले आजबाट स्मार्ट कार्ड प्रणाली सुरु गर्दै छ त्यसको कार्यान्वयन तपाईहरुले गर्दै हुनुहुन्छ वितरणको योजना के छ ?
हो, हामीले सोमबार एक औपचारिक कार्यक्रम मार्फत स्मार्ट कार्डको सुरूवात गर्दैछौं । एशियाली विकास बैंककोे सहयोगमा सञ्चालित आयोजना अन्तरगत यो कार्डको निर्माण भएको हो । यसको लागि एडिबी हामीसँग दुई वर्षदेखि काम गरिरहेको छ । यसको सफ्ट्वेयर बनाउने काम देखि लिएर डिजाइन लगायतका कामहरु तय भइसकेका छन् । सोमबार हामी लाइसेन्सलाई स्मार्ट कार्डमा रुपान्तरण गर्दै छौँ । सोमबार हामीले सुरुवात गछौँ, ५ दिन हामीलाई डाटा व्यवस्थापनका लागी समय लाग्छ । त्यसपछि हामी फुल फेजमा बाग्मती अञ्चलमा लाइसेन्स जारी गर्छौ । करिव १५ दिन अन्य यातायात कार्यालयमा पनि लाइसेन्स्का काम रोकिन्छन् । त्यसपछि तेस्रो हप्ताबाट हामीले अञ्चल कार्यालयहरुबाट पनि स्मार्ट कार्ड नै वितरण गर्छौँ ।
हाल कति लाइन्सेन्स छन् ? सबै लाइन्सेन्स स्मार्ट कार्डमा रुपान्तरण हुन्छन् ?
अहिले नेपालमा २५ लाख लाइन्सेन्स जारी भएको छ । त्यो २५ लाख लाइन्सेन्सलाई सबै स्मार्ट कार्डमा रुपान्तरण गर्ने विभागको योजना रहेको छ । हामी दुई वर्षमा सबै लाईसेन्स्लाई स्मार्ट कार्डमा रुपान्तरण गछौँ । त्यसपछि लगत्तै हामीले सवारी दर्तालाई पनि स्मार्ट कार्डमै रुपान्तरण गछौँ । यो सबै कामलाई हाइसिटि प्रोजेक्ट भन्छ । हाइसिटी प्रोजेक्ट अन्तरगत एडीबीको सहकार्यमा यो कार्य भइरहेको छ । यातायात व्यवस्था विभाग अन्तरगत १४ वटा अञ्चल कार्यालय र त्यस अन्तरगतका कार्यलय गरि हाम्रा कार्यालय २० कार्यालय छन् । १६ वटा सेवा कार्यालय छन् । यी सम्पूर्ण कार्यालयबाट हामी स्मार्ट कार्डको सेवा जारी राख्छौँ । कार्ड कस्तो हुन्छ रु साइजमा र आकार प्रकारमा यो कार्ड एटीएम जस्तै हुन्छ । कार्ड अहिलेको लाइसेन्स जस्तै हुन्छ तर त्यसमा चिप्स हुन्छ । यो जारी भएपछि लाइसेन्स नै त्यहीँ हुन्छ । कार्डमा दुई पार्ट हुन्छ । एउटा इजिली भिजिबिलिटी हुन्छ, अर्को चाँही डिभाइसले मात्रै पढ्न सक्ने हुन्छ । भिजिबिलिटीमा अहिले लाइसेन्समा जे पढ्न सकिन्छ त्यो पनि पढ्न मिल्छ । बायोमेट्रीकका कुरा, अरु वायोडाटका कुरा र अरु आन्तरिक कुराहरु भने डिभाइसको प्रयोग गरेर मात्रै पढ्न सकिन्छ ।
सबै पढ्न डिभाइस चाहिन्छ भन्नुभयो, त्यो डिभाइस को सँग हुन्छ र क– कसले पढ्न मिल्छ ?
डिभाइस यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग मात्र हुने हुनाले यीनै निकायले मात्र मात्र पढ्न मिल्छ । यो कार्डको प्रिन्टर कहाँ छ रु लगभग यसको मोडालिटी एमआरपी जस्तै हो । अहिले हामीसँग ३ वटा प्रिन्टर छन् । हामीले ८ वटा जति पिन्टर राख्ने सोच बनाएका छौँ । स्मार्टकार्ड लागु भएपछिको फाइदा के हो रु एउटा स्मार्ट कार्ड १० वर्ष सम्म खप्छ भन्ने हाम्रो अनुमान छ । यो कार्डको विभिन्न निकायसँग सेयरिङ समेत हुन्छ । जस्तो ट्राफिकसँग, इन्स्योरेन्स् कम्पनीसँग । जस्तो उदाहरणको लागि कसैले मापसे गर्यो र ट्राफिकले समात्यो भने त्यहाँ डाटा इन्ट्री गर्दा वित्तिकै १४ अञ्चलमा जानकारी पुग्छ । अनि अर्को कुरा नक्कलीको बिगबिगी छ नि यो स्मार्ट कार्डले नक्कली लाइसेन्सलाई जिरोमा झार्छ । किनभने सबैकुरा डाडा राखेपछि मात्रै यो कार्ड बन्छ । अर्को कुरा स्मार्ट कार्डमा फोटो खिच्न र ल्याप्चे गर्न मान्छे स्वयंम उपस्थित हुनै पर्छ ।
स्मार्ट कार्डको लागि पैसा कति लाग्छ ?
पैसाको हकमा अहिले हामीले नयाँ नियम त केही बनाएका छैनौँ । त्यसकालागि कानुन परिवर्तन गर्नुपर्छ । अहिले हामीले स्मार्ट कार्डलाई जम्मा १ सय रुपैयाँ तोकेका छौँ । पछि त्यसको मूल्य बढ्न सक्छ ।













