११ मंसिर, नवलपरासी । स्वीट्जरलयाण्डको इएफजी नवलपरासीमा सम्पन्न अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगितामा विजयी भएको छ । शुक्रबार स्वीट्जरल्याण्डले नेपालको टाइगर टप्स टस्कर्सलाई ५का विरुद्ध ८ गोल गरी वल्र्ड च्याम्पियन बनेको हो ।
हजारौं दर्शकमाझ वाहवाही बटुल्दै स्विजरल्याण्डका तर्फबाट अन्तर्राष्टिय हात्तिपोलोका किर्तिमानी खेलाडी संजय चोयगलले लगातार तिन गोल गरेका थिए । विजयी टिमहरुलाई आयोजकका तर्फबाट शिल्ड तथा ट्रफीहरु प्रदान गरिएको थियो ।

नवलपरासीको अमलटारीमा सम्पन्न हात्तिपोलो टुर्नामेन्टमा नेपाल, स्वीट्ज्जरल्याण्ड , श्रीलंका, अमेरिका, इङल्याण्ड, अरेविया, अष्ट्रेलिया लगाएतका ८ देशको सहभागिता रहेको थियो । सन् १९८२ देखि वर्षेनी संचालन हुदै आएको अन्तराष्र्टिय हात्तिपोलको यो चौतिसौं संस्कण हो ।











