१० मंसिर, नवलपरासी। स्वीट्जरल्याण्डको ईएफजी र नेपालको टाईगर टप्स टस्कर्स नवलपरासीको अमलटारीमा जारी अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगितामा फाईनल प्रवेश गरेका छन् । विहीवार चौथो दिनको खेलमा स्जिजरल्याण्डले अरेवियाको टाईगरेसेस लाई ६ का विरद्ध ९ गोल गर्दै फाईनलको यात्रा तय गरेको छ ।
यसै गरी नेपालको टाईगर टप्स टस्कर्सले ईङल्याण्डको रस्ट्री कुक्रीजलाई २ काविरुद्ध ४ गोल गरी फाईनल प्रवेश गरेको हो । प्रतियोगितामा तेस्रो स्थानका लागि अरेवियाको टाईगरेसेस र ईङलयाण्डको रस्ट्री कुक्रीजविच प्रतिस्पर्धा हुनेछ । फाईनल प्रतिस्पर्धा भने शुक्रबार हुने आयोजक पक्षले जनाएको छ ।

सन १९८२ देखि चितवनको मेघौलीमा संचालन हुँदै आएको सो खेल विगत चार वर्ष वर्दियामा खेलाइएको र यस वर्ष थारु लजको आयोजना तथा स्थानीय क्लव , चोरि शिकार नियन्त्रण युवा जागरण अभियान लगायत विभिन्न संघ संस्थाको संयोजनामा संचालन गरिएको हो ।
मुख्य राजमार्ग देखि करिव ४ किमिको दुरी तथा चितवन राष्टिय निकुन्जको पश्चिमी किनारामा अवस्थित अमलटारी क्षेत्रमा हात्ति पोलो प्रतियोगिता हुनुले स्थानीयबासीमा खुसीयाली छाएको छ ।
अमलटारी क्षेत्र यस अघि देखिनै थारु समुदायको होम स्टे, तथा प्रसिद्ध थारु लज लगाएतका होटल ब्यवसायीहरुका कारण देशी विदेशी पर्यटकहरु माझ विशेष आकर्षणको केन्द्र रहेकोमा यस वर्षको हात्ति पोलो प्रतियोगिताले झनै आकषर्ण थपिएको छ ।
नवलपरासी जिल्लाको कावासोती नगरपालिका अन्तर्गत पर्ने पिठौलीको नमूना , कावासोतीको कृष्णसार तथा अग्यौलीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन यसै क्षेत्रमा पर्छन ।
निकुन्ज संग सिमाना जोडिएका यहाका वनमा बाघ ,भालु, गैडा, चित्तल लगायतका दूर्लव वन्य जन्तुको हात्तिमा चढेर दृष्यावलोकन गर्न पाईने हुदा पर्यटकहरु यहाँ आउने गरेका हुन् ।











