१० मंसिर, काठमाडौं । अभिनेत्री रेखा थापाले कार्यक्रमका नाममा रकम लिएर ठगी गर्ने गरेको खुलासा भएको छ । उनले गरेको यस्तो ठगीका विरुद्ध प्रहरीमा उजुरी समेत परेको छ । एक लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै अभिनेत्री थापाविरुद्ध खोटाङ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो।

खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीका अनुसार सगरमाथा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा आउनका लागि रेखालाई दुई महिना अगाडि नै खबर गरिएको थियो। त्यसअनुरुप नै सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ रेखाको खातामा जम्मा गरिएको थियो। तर, रेखा खोटाङ नगएपछि ठगी गरेको भन्दै उजुरी परेको हो।

तर रेखा थापाले भने आफूलाई फसाइएको दावी गरेकी छिन् ।











