११ मंसिर, काठमाडौं । प्रमखु प्रतिपक्षी कांग्रेसले संसद अबरुद्ध गरेको छ । आज बसेको संसद बैठकमा कांग्रेसले बैठक सुरु नै हुन नदिई होहल्ला गरेपछि व्यवस्थापिका संसद बैठक १५ गतेसम्म स्थगित भएको छ । बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीमगरले संघीय समाजवादी फोरम नेपालका सांसद उपेन्द्र यादवलाई बोल्न समय दिएकी थिइन् ।

त्यसलगत्तै कांग्रेसका सांसदहरु आ आफ्नो स्थानबाट उठेर होहल्ला गरेका थिए । सभामुख घर्तीले यथास्थानमा बसिदिन आग्रह गरे पनि सांसदहरुले अटेर गरेपछि संसद बैठक १५ गते विहान ११ बजेसम्मका लागि स्थागित गरिएको छ ।











