८ मंसिर, काठमाडौं । सरकारले श्वेतपत्र जारी गरी विद्यमान आर्थिक अवस्थाको बारेमा जनतालाई जानकारी गराएको छ । अर्थमन्त्री विष्णु पौडेलले साँझ साढे ७ बजे अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजानिक गरे ।
मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो । यसअघि नै प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा गरेको सम्धोनमा पनि सरकारले चाँडै श्वेतपत्र जारी गर्ने जनाएका थिए ।
केहीदिन अघि मात्रै सरकारको सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पनि तत्काल श्वेतपत्र जारी गरी विद्यमान अवस्थाको बारेमा जनतालाई जानकारी गराउन सरकारलाई सुझाएको थियो ।
१ सय २ दिनदेखि जारी मधेस आन्दोलन र असोज ६ गतेदखि जारी भारतीय नाकाबन्दीका कारण मुलुकको आर्थिक अवस्था निकै जर्जर बनेको र जनताको जनजीबन अस्तव्यस्त भएको श्वेतपत्रमा उल्लेख छ । बन्द, हड्ताल र आपूर्ति व्यवस्था सहज नबनेमा आर्थिक अवस्थामा अझ संकुचन आउने अर्थमन्त्री पौडेलले बताए । श्वेतपत्रमा इन्धनका लागि सर्वसाधारणहरु लाइन बस्न नपर्ने गरी व्यवस्था मिलाइने समेत उल्लेख छ ।
श्वेतपत्रको पूर्ण पाठ पढ्नलाई यहाँ क्लिक गर्नुहोस् :











