८ मंसिर, काठमाडौं । नेपालभित्रका भारतवादी र राष्ट्रवादीहरु यतिवेला अन्तिम चरणको लडाइँका योजनाहरु बनिरहेका छन् । भारतीय योजनामा खुलेका दल र भारतको तीव्र विरोधमा लागेका दलहरुले आज राजधानीमा एउटै समयमा आआफ्ना योजनासहितका कार्यक्रम गर्दैछन् ।
भारतीय योजनामा बनेको नयाँ शक्ति नामको संगठनले आफ्नो योजनाहरु आज दिउँसो १ बजे सार्वजनिक गर्दै छ । भारतीय योजनामा गठन भएको नयाँ शक्ति भए पनि त्यो आरोपबाट बच्न भारतीय नाकाबन्दीको भत्र्सना गरेको प्रस्ताव सोमबार नै सार्वजनिक गरिसकेको छ । राजधानीमा दुई दिनसम्म चलेको नयाँ शक्ति गठनको छलफल कार्यक्रमले नौ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । त्यही प्रस्ताव नयाँ शक्तिका अगुवा बाबुराम भट्टराईले राजधानीको सुविधासम्पन्न फुडल्याण्ड इन्दे्रणी फुडल्याण्डमा दिउँसो १ बजे गर्दैछन् ।
तर बाबुरामलाई भारतपरस्त भन्दै विभिन्न किसिमले टुक्रिएर गठन भएको विप्लव नेतृत्वको माओवादीले भने सडकमा प्रदर्शन गर्दै छ । भारतीय नाकाबन्दीको विरोध गर्दै विप्लव माओवादीले राजधानीको शान्तिबाटिकामा १ बजे प्रदर्शन गर्ने भएको हो ।
त्यस्तै आजै चलचित्र कलाकारहरुले समेत भारतीय नाकाबन्दीको विरोधमा शान्तिवाटिकामै प्रदर्शन गर्ने भएका छन् । चलचित्रकर्मीहरुले समेत दिउँसो १ बजे नै शान्तिवाटिकामा प्रदर्शन गर्ने भएका हुन् । चलचित्र कलाकार संघको अगुवाइमा चलचित्रकर्मीले प्रदर्शन गर्ने भएका हुन् ।
एक बजे नै गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्न उपप्रधानमन्त्री बनेका तर पूर्वराजाको तस्वीरमा माला लगाएर पार्टी भेला गरेका कमल थापाले पनि आफ्ना एजेण्डा सार्वजनिक गर्दैछन् । दुई दिनसम्म चलेको पार्टी परिषद् भेलाका निर्णय आम्रपाली बैंकेटमा सार्वजनिक गर्ने योजना उनको छ ।














