४, मंसिर काठमाडौँ । अघोषित नाकाबन्दी गरेर नेपालीलाई तडपाइरहेको भारतले चीन र नेपालबीच भएको तेल व्यापार समेत रोक्ने कसरत गरेको छ । नेपाल र चीनबीच पेट्रोलियम व्यापारको प्रारम्भिक सम्झौता भएको र आपूर्ति मन्त्री गणेशमान पुनले समेत चीनसँग तेल व्यापार बारे कुराकानी गरेर फर्केलगत्तै भारतले आफ्ना गृहमन्त्री राजनाथ सिंहलाई चीन पठाएको छ । नेपालको तेल आपूर्तिमा भारतले एकलौटी गरेकोमा अब चीनबाट पनि नेपालले तेल लिने भएपछि भारत अर्को षडयन्त्रमा लागेको हो ।
एक त आफ्नो तेल व्यापारको एकाधिकार तोडिने र अर्कोतर्फ नेपाललाई समस्यामा पारेर आफ्नो स्वार्थ पूर्ति गर्ने भारतको योजना समाप्त हुने भएपछि भारतले चीनसँग कुटनीतिक तहमा पहल गरेको हो ।
नेपाली टोली सम्झौताका लागि चीन जानुभन्दा ठिक २४ घण्टा पहिल्यै चीन पुगेका सिंहले चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायतका विभिन्न मन्त्रीहरुसँग भेटेरै भारत र चीन सम्बन्ध विगार्न नहुने र दुई देशीय सुरक्षालाई पनि ध्यान दिनुपर्ने बताएका छन् । भारत र चीनबीचको दुई देशीय व्यापार र सम्बन्धमा समस्या आउन नहुने भन्दै राजनाथले नेपालसँग तेल सम्झौता गर्नुपूर्व पुनर्विचार गर्न समकक्षीसँग आग्रह गरेको जनाइएको छ ।
चीनको सम्झौता तोड्न नेपाल आयाल निमगका कर्मचारीहरुलाई समेत भारतले प्रभोलनमा पारको छ । कमिशन देखाएर कर्मचारीलाई सम्झौता तोड्न लगाइएको छ ।












