४ मंसिर, ललितपुर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
इन्धनका लागि लाइनमा राखिएको बा १ ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो । लगनखेलस्थित नेपाली सेनाको पेट्रोल पम्पमा डिजेल भर्न लाइनमा बसेको बसभित्रै युवतीमाथि वलात्कार भएको हो । प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् ।
पक्राउ पर्नेमा सन्तोष विक, सुरेश तामाङ र कृष्ण तामाङ छन् । उनीहरु बसका सहचालक हुन् । युवतीसँग एक युवकको चिनजान भएकाले तिनै युवकको सहयोगमा उनीहरुले बसभित्र बोलाएका थिए । सुरुमा ती युवतीले युवकसँग सहमतिमै यौनसम्बन्ध राखेकी थिइन् ।
तर, पछि युवकले आफ्ना साथीहरु बोलाएर ती युवतीमाथि जबरजस्ती गरेको बताइएको छ । पहिले एक युवकसँग स्वेच्छाले यौन सम्पर्क गरे पनि त्यही युवकले साथी बोलाएर बलात्कार गर्न लगाएको पीडित युवतीले बताएको प्रहरीको भनाई छ । पीडित युवती विवाहित हुन् ।











