३ मंसिर, काठमाडौं । आज फेरि ५.३ दशमलवको भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर गएको भूकम्पका कारण राजधानी काठमाडौंमा जोडदार धक्का महसुस गरिएको थियो । विहान १० बजे भूकम्पको धक्का महसुस गरिएको हो । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि परकम्पहरु आउने क्रम कम भए पनि विगत दुई दिनदेखि परकम्प आउने क्रम बढेको भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार साँझ ४ रेक्टरस्केल माथिको धक्का रसुवा केन्द्रविन्दू बनाएर गएको थियो ।












