३ मंसिर, विराटनगर । नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोले सप्तरी र सिरहामा पेट्रोलियम पदार्थ पठाउँदा प्रतिलिटर १० रुपैयाँ कमिसन लिएको खुलासा भएको छ । निगमलाई ‘नजराना’ तिरेर लगिएको इन्धन त्यहाँका व्यवसायीले पनि कालोबजारमा बेच्ने गरेको तथ्य फेला परेको हो ।
असोज अन्तिम साता मधेस आन्दोलन थालिए यता पेट्रोलियम पदार्थ बिक्री वितरणको तथ्यांक निगमको विराटनगरस्थित क्षेत्रीय डिपोले लुकाएको छ ।

सप्तरी – सिराहका पेट्रोलियम व्यवसायीबाट प्राप्त तथ्यांकअनुसार आन्दोलन सुरु भएयता सगरमाथा अञ्चलका लागि भदौमा पेट्रोल एक लाख २३ हजार लिटर, डिजेल चार लाख ५७ हजार लिटर गएको छ ।











