३ मंसिर, काठमाडौं । राजधानीमा केही दिन यता विभिन्न ग्यास उद्योगले सर्वसाधारणलाई ग्यास विक्री वितरण गरेका छन् । पहिला आउनेलाई प्राथमिकतासाथ ग्यास दिने भनिए पनि विक्रेताले मनोमानी गरेको गुनासो सबैजसो ठाउँबाट आइरहेको छ ।
यसैबीच नेपाल ग्यासले बिहीबार काठमाडौंमा दुई हजार ३० सिलिन्डर ग्यास विक्री वितरण गर्ने भएको छ । काठमाडौंका विभिन्न २६ स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल ग्यासले जनाएको छ ।
सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले ग्यास वितरण गर्न लागिएको हो ।
ग्यास पाउने खबर सुनेपछि नेपाल ग्यास उद्योग प्रालिको डिपो अगाडि बिहानैदेखि सर्वसाधारण लाइनमा बसेका छन् ।













