श्रीलाल शाह
यसपटकको मधेश आन्दोलन धेरै भिन्न छ । मधेशवादीले छेके जस्तो गर्ने र भारतले रोके जस्तो गर्ने । त्यतिले देशमा तवाही मच्चिने । यो हो भारतको राजनीति । मधेशको हौवा देखाएर नेपाली राजनीतिलाई आफ्नो अनुकुल पार्ने । भारतले नेपाली राज्यसत्तासंग वार्गेनिङ्ग पावर नपुगेका वेला मधेशवादी दलहरुलाई आगाडि सार्छन् । सिगों मधेश र मधेशीलाई होईन । मधेशवादी दलहरुलाई मात्र । त्यस्ता केही मधेशी मार्का नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राप्रपा आदि पार्टीहरुमा पनि छन् । तिनीहरुको काम नै भारतीय ईशारामा चल्ने । त्यसो त नेपाली राज्यशत्ता नै भारतीय ईशारामा चल्ने गर्छ र नचलेको बखत अहिलेको जस्तै हविगत भोग्नु पर्छ । नेपालमा राणाशासनको अन्त्यदेखि नै सत्ता परिवर्तनदेखि व्यवस्था परिवर्तनसम्म भारतले भूमिका खेल्ने गर्छ र यसपटकको भारतीय भूमिका महङ्गो छ । अहिले नाकावन्दीको सवैभन्दा ठूलो मार जनस्तरमा परेको छ । त्यो चाहे मधेशी होउन् कि पाहाडी ।
संविधानको विरोधमा मधेशवादी दलहरुले आन्दोलनको घोषणा गरेपछि राज्यले सेना पठाए र भारतले कार्यकर्ता । यहीं मधेश र मधेशीको अवस्था छर्लङ्ग हुन्छ । वास्तवमा मधेशवादी दलहरुले मधेशको हकहितका लागि आन्दोलन गरेकै होईन । न विगतको न वर्तमानको । विगतका मधेश आन्दोलन स्वस्फूर्त रुपमा मधेशी जनताले गरेका हुन् र मधेशवादी दलहरुले नजानिदो पाराले आन्दोलनको नेतृत्व लिएर नेपाली राज्यसत्ता संग सम्झौता गरेका थिए । मधेशवादी दलहरुले साँच्चिकै सिद्धान्तनिष्ठ राजनीति गरेका भए अहिलेको आन्दोलन गर्नैपर्ने थिएन । मुलुकमा लोकतन्त्र स्थापना पछिका दिनहरुमा बनेका सरकारहरुमा अधिकाँश मधेशवादी दलहरु सहभागि रहे । त्यतिवेला उनीहरुले मधेश आन्दोलन २०६२ र ०६३का उपलब्धिहरुलाई संस्थागत गरेनन्, स्वार्थ सिद्धीमा लागे ।
त्यसैले पनि अहिले मधेश आन्दोलित भएन र भारतले नाकाबन्दी गरिदिएर सघाए जस्तो देखिन्छ । तर कतिबेला हो, भारतको स्वार्थ पूरा हुनेछ, मधेश आन्दोलनलाई तीन बल्ड्याङ्ग लडाई दिनेछ । त्यसबखत स्वतस् नाका खुल्छ, मधेशवादीहरु सरकारमा पुग्छन् र मधेश जहाँको त्यहीं । नेपाली राज्यसत्तालाई हाईसञ्चो तर दीर्घकालिन समाधान त्यो होईन । दीर्घकालिन समाधानको लागि नेपाली राज्यसत्ताले पनि सिगों मधेशलाई मधेशी होईन, नेपालीको रुपमा राज्यको मुलधारमा ल्याउन सक्नुपर्छ । त्यसले नेपाली राज्यसत्ता अछुन्न, आत्मनिर्भर एवं स्वविवेकी बन्छ । कमसेकम मधेशीको नाममा नाकाबन्दी हुादैन ।
भारतको स्वार्थ मधेशको राजनीति मात्र होइन । सिगों मुलुकमा पकड बनाउने हो । त्यसैले भारतीय पकड मधेशवादी दलहरुभन्दा बढी नेपाली काँग्रेस, ने.क.पा. एमाले, माओवादी, राप्रपा लगायतका पार्टीहरुमा छन् । यसरी भारतसंग जस्को जति साँठगाँठ भए पनि खुसी हुनुपर्ने अवस्था भने छैन । जोसंग भारत नजिकिए पनि स्वार्थ भने भारतकै हुन्छ । नेपालको हित हुँदैन ।
जहाँसम्म मधेशी सँग भारतीय सम्बन्धको कुरा छ । सुगौली सन्धी पूर्वसम्म भारतस्थित छुटाछुटै राज्यहरुलाई अंग्रेजले जोड्दै थिए । नेपालमा पनि एकिकरण हुदैं थियो । यसरी बृटिश र नेपालको जोड घटाउमा विवाद भयो र सुगौली सन्धी भयो । सुगौली सन्धीले नेपालको पूर्वी, पश्चिमी र दक्षिणी क्षेत्र तोकियो । सीमा निर्धारण भयो र दशगजा बन्यो ।
काठमाडौ लगायतका शहरहरुमा सयौं यस्ता भारतीय ब्यापारीहरु छन् । जस्को नागरिकता छैन । कुनै नेपालीकै नाममा ब्यापार दर्ता गराउँछन् । नेपालीकै नाममा बैंक खाता खोल्छन् र सम्पत्ति आर्जन गर्छन् । नागकिता लिन्छन् र मन्त्री पनि बन्छन् । त्यसमा मधेशीको के दोष रु राज्यले भारतीयलाई नेपाल छिर्न दिन्छ । सम्पती आर्जन गर्न दिन्छ । नागरिकता प्रदान गर्छ । चुनाव लड्न दिन्छ, मन्त्री बनाउँछ र दोष मधेशीलाई थोपर्छ । मधेशीहरु भारतीय हुन् भनेर ।
पारी भारतमा जस्तै नेपाली भूमिमा पनि डुम, चमार, मुसहर, दुसाध, तेली, मण्डल, यादव, थारु, दनुवार, झाँगर, बाँतर, राजबंशी आदि थुप्रै जातजातीहरुको बसोबास थियो । त्यहाँ खेती योग्य जमीन र जङ्गल पर्याप्त थियो । जनसंख्या न्यून थिए । पछि जनसंख्या बृद्धिदरले जङ्गल मासिदै गए, बसोबास र खेती बढ्दै गयो । त्यस वीचमा थुप्रै भारतीयहरु पनि नेपाली भूमीमा प्रवेश गरे । सम्पती जोडे, नागरिकता लिए र नेपाली राज्यसत्ता लगायतका क्षेत्रमा पहुँच बनाए । त्यो अहिले पनि भैरहेको छ ।
अहिले पनि भारतीयहरु नेपाल आउँछन् । बसोबास गर्छन् । सम्पती आर्जन गर्छन् । नागरिकता लिन्छन् र राजनीति लगायतका स्वार्थ सिद्धी गर्छन् । अहिले पनि काठमाडौ लगायतका शहरहरुमा सयौं यस्ता भारतीय ब्यापारीहरु छन् । जस्को नागरिकता छैन । कुनै नेपालीकै नाममा ब्यापार दर्ता गराउँछन् । नेपालीकै नाममा बैंक खाता खोल्छन् र सम्पत्ति आर्जन गर्छन् । नागकिता लिन्छन् र मन्त्री पनि बन्छन् । त्यसमा मधेशीको के दोष रु राज्यले भारतीयलाई नेपाल छिर्न दिन्छ । सम्पती आर्जन गर्न दिन्छ । नागरिकता प्रदान गर्छ । चुनाव लड्न दिन्छ, मन्त्री बनाउँछ र दोष मधेशीलाई थोपर्छ । मधेशीहरु भारतीय हुन् भनेर ।
राजेन्द्र महतोलाई कसले सम्पत्ति थुपार्न दियो ? उनलाई कसले अङ्गिकृत नागरिकता दियो ? कसले पार्टी दर्ता गराउन दियो ? कसले चुनाव लड्न दियो र कसले मन्त्री बनाए ? अहिले पनि अङ्गिकृत नागरिकताको अडानमा छन् उनी । यी सब भारतीय पकडमा रहेको नेपाली राज्यसत्ता र भ्रष्ट प्रशासनको परिणाम हो ।
सुगौली सन्धीले निर्धारण गरेको सीमावारीका बासिन्दाहरु नेपाली भए र पारीका भारतीय । त्यस्मा पूर्वदेखि पस्चिमसम्म विभिन्न जातजाती, भाषा, धर्म, संस्कृती, परम्परा, रहनसहन, भेषभुषा आदि वारिपारीकै समान थियो र बिचोबीच सीमा निर्धारण भयो । त्यस्ले वारि यादव पारी यादव, वारी मण्डल, पारी मण्डल, वारी मैथिली, पारी मैथिली, वारी भोजपुरी, पारी भोजपुरी र वीचमा दशगजा बन्यो । त्यस्को यथार्थ प्रमाण अहिले पनि छ र यसलाई नकारेर नेपाल बन्दैन, नेपाली राज्यसत्ता चल्दैन, न देश विकास हुन्छ, न हामी समुन्नत हुन्छौं ।
तथापि यो त्यसबखतको कुरा हो, नेपाली र भारतीय भएर छुटिनुपर्दा अत्यन्तै कठीनाई भयो होला । कति भारतीय सीमामा परेकाहरु पनि नेपाल तिर सरे होलान् र कति नेपाली सीमाबाट भारत तिर सरे । त्यसपछि नेपाली राज्यशत्तामा राणाहरु हावी भए र तराईका जमीन विर्ता दिने चलन आयो । चक्लाका चक्ला जमीनहरु विर्तामा दिए । विर्ता पाएका जमीनदारहरुले जङ्गल फाँड्न लगाए र खेती गराए । यसरि मधेशमा मधेशीहरु बसेको पुस्तौ बितिसक्यो । उनीहरुले बढी भएको अन्नपात सीमापारी भारतमा लगेर बिक्री गर्थे ।
त्यसैगरि डुम, चमार, मुसहर, दुसाध, तेली, मण्डल, यादव, लगायतका जातजातीहरु नेपालमा भन्दा भारतमा बढी थिए र उनीहरुले वारीपारी विहेबारी पनि गर्थे । नेपाली र भारतीय वीच बेटी, रोटीको सम्बन्ध भनेको त्यही हो । तर अहिले नेपालमै जनसंख्याको धेरै बृद्धि भैसकेकोले भारतमा गर्ने वैवाहिक सम्बन्ध न्यून भैसकेको छ । पहिला भारतमा अन्न जान्थ्यो । अहिले भारतीय अन्न नेपालमा आउन थालेको छ । त्यसवेला भारतीय बजारमा मधेशीहरु अन्नपात बिक्री गर्न जाँदा बडो शान हुन्थ्यो । भारतीयका लागि मधेशीहरु हुनेखाने र धनिमानी नेपाली कहलिन्थे । भारतीयहरु मधेशीलाई छोरी दिन लालायित हुन्थे ।
अहिले भारतको विकासले आकाश छोईसकेको छ । उनीहरुको उत्पादन नेपाल भित्रिादैछ । नेपालमा खासगरि मधेशमा जमीन छ, उब्जनी छैन । पानी छ सिंचाई छैन, सड्क छ यातायात छैन । त्यसकारण अहिले मधेश गरिबी, बेरोजगारी, भोकमरी, अशिक्षा लगायतका समस्याले पिरोलिएको छ । साथै मुलुकमा मधेशीको बर्चश्व हुनुपर्ने ठाउँमा भारतीयको बर्चश्व बढेको छ र मधेशीलाई मधिशे, भैया, धोती, ईण्डियन आदि उपनाम दिएर हेपेको छ । त्यसैगरि भारतीयले पनि अहिले मधेशीलाई तल्लो दर्जाको रुपमा नेपल्या भनेर होच्याउँछन् । त्यसबाहेक नेपाल भारतको सीमा क्षेत्रमा भारतीयहरु नेपाल प्रवेश गरेर मधेशीलाई कुटपिट गर्नुका साथै विभिन्न अपराधिक घटनाहरु दोहर्याउँछन् ।
दशगजा वारीका बासिन्दाहरु पारीबाट यसरि नै पिल्सिएका छन् । त्यसमाथि पारी बाँध बनाएर वारीको घर, खेत डुबाउने घटना त प्रत्यक्ष हेर्न सकिन्छ । दशगजा मिच्ने, सीमा सार्ने र भूमि हडप्ने घटना त कति छ कति । सुस्ता अझै पनि सेलाएको छैन । नदी क्षेत्र र वारीपारीको सीमा अतिक्रमण तीब्र छ । ती घटनाहरुवारे नेपाली राज्यशत्ता चुँ बोल्दैनन् । तर मधेशीहरु रगत बगाउँछन् । त्यहाँ नेपाली राज्यसत्ता भन्दा मधेशीलाई बढी दुख्छ । त्यसैले मधेशीहरु भारतीयलाई धारेहात लगाउँछन् । भारतीय संग मधेशीको सम्बन्ध यस्तो छ भने पहाडि समुदायसंगको सम्बन्ध झनै कष्टप्रद ।
त्यसो त मधेश बुझ्ने मधेशीहरुको संख्या न्यून छ । केही राजनैतिक कार्यकर्ता र ती बाहेक सचेत एवं बुद्धिजीवि वर्गहरु । जुन मधेशी भएकै कारण पिल्सिएका र हेपिएका छन् । जस्ले राजधानी लगायतका विभिन्न भागमा तरकारी बेच्नेदेखि डाक्टर, ईन्जिनियर र सचिवसम्मका विभिन्न पेशाकर्मीहरु मधिशे लगायतका थुप्रै अपशब्धहरु खाएर जीवन धानिरहेका छन् । यी बाहेक अझै थुप्रै मधेशीहरु मधेश र मधेश आन्दोलनबाट अनभिज्ञ छन् । ती हुन् अत्यन्तै गरिब, विपन्न, अशिक्षीत र पिछिड्एिका वर्ग खासगरि डुम, चमार, मुसहर, दुसाध लगायतका मधेशका दलित समुदाय, मधेशका थारु, दनुवार, झाँगर, बाँतर, राजबंशी लगायतका पिछिड्एिका जनजातीहरु । उनीहरु मधेश र मधेशीको समस्या बुझ्नै पाएका छैनन् । विहान वेलुकाको छाक टार्न र एकसर्रो लुगा लगाउन जीवन विताउँछन् उनीहरु । तर न कहिले छाक टर्छ । न कहिले लुगा जुट्छ । शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यक्ता एवं अधिकारको त खोजी नै छैन ।
यसरी मुलुकको झण्डै आधा जनसंख्यालाई मधेशीको विल्ला भिडएर, होच्याएर नेपाली राज्यशत्ताले देश बनाउन लागेका छन् र यही प्रबृतिको फाईदा भारतीयले उठाईरहेका छन् मधेशीलाई उचालेर । यसरि भारतीयहरु हाम्रै लाठो हाम्रै टाउकोमा बजारिरहेका छन् र हामी भारतीय आर्शिबाद भन्दै टाउको थापिरहेका छौं । हुन त मधेश समतल एवं उर्बर भूमि मानिन्छ । तर विकासको नाममा केही कच्ची र पक्की सड्कहरु मात्र छन् । अन्य पुर्वाधारहरु शून्य नै छन् । आकासको भरमा खेती हुन्छ । जस्लेगर्दा झण्डै ७५ प्रतिशत जमीन बर्षेनी बाँझों हुने गर्छन् र बाँझों जमीनको मालपोत तिर्न वा किनबेच गर्न पनि विभिन्न कार्यालयहरुमा टेबुलपिच्छे घुस दिनुपर्छ । घुस नदिए महिनौ, बर्षौंसम्म काम अल्झी रहन्छ । किनभने राज्यको संरचनामा अधिकाँश मधेशीको पहुँच पुग्दैन ।
मधेशीहरु घुस दिएर गाली पनि खान्छन् । कारण के भने अधिकाँश कर्मचारीहरु पहाडि समुदायका हुन्छन् र उनीहरुले अशिक्षा, गरिबी, बेरोजगारी आदि समस्याले ग्रस्त मैला, कुचैला, चाउरी परेका दुब्ला पातला मधेशीहरु संग काम गर्नु पर्ने हुन्छ । ती मधेशीलाई सुकिला पहाडिले देख्ने वितिकै झर्को मान्छन् । त्यस्मा पनि सय, पचास रुपैयाँको चप्पल लगाउन नसकिने, २०–२५ रुपैयाँको साबुन लगाउन नसकिने हैसियतका मधेशीहरुको समय र पैसा खर्चिएर कति छाक माड् नलाग्ने हुन्छ । काम नबन्ने त छदैंछ ।
सवै त्यस्तै छैनन् । तर मधेशका खासगरि वास्तविक मधेशीका अधिकाँश समस्या यस्तै नै छन् । मधेशी र पहाडिवीचको खाल्टो पनि यही नै हो । त्यसले मुलुकमा अनगिनत समस्याहरु उब्जाएका छन् । ती समस्याहरुबाट मधेशी पीड्ति छन् र पहाडिया पनि र वेलाबखत राष्ट्र नै पनि संकटमा पर्ने गर्छ । अहिले भारतीय पक्षको अघोषित नाकाबन्दी पनि त्यसैको परिणाम हो । वास्तविक समस्या यो हो । देश दुखेको यहाँनिर हो । मधेशी र पाहाडी वीचको यो खाल्टो पुर्न सकियो भने के भारत के चाईना । नेपाल समुन्नत बन्न धेरै समय लाग्दैन ।












