२९ कात्तिक, काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज औपचारिक वार्ता हुँदै छ । मोर्चासाग दिउँसो ३ बजे वार्ता हुने भएको हो ।शनिबारको छलफल सकारात्मक भएकाले आइतबार औपचारिक वार्ता हुन लागेको संयन्त्रका संयोजक प्रचण्डले जानकारी दिएका छन् । यसअघि संयन्त्रको बैठकले मधेसी दलसँग वार्ता गर्ने जिम्मा संयोजक प्रचण्ड र उपप्रधानमन्त्री कमल थापालाई दिएको थियो ।
औपचारिक वार्ता गर्ने सहमति बने पनि मधेसमा कति प्रदेश बनाउने भन्नेबारेमा भने सत्तारुढ दलहरुबीच नै सहमति भएको छैन । वार्तामा प्रमुख विपक्षी दल कांग्रेसका नेताहरू पनि सहभागी हुने भएका छन् । वार्तामा आफ्नो धारण प्रस्ट राख्न कांग्रेसले आइतबार विहान पदाधिकारी बैठक डाकेर छलफल गरेको छ । यसअघि कांग्रेसले शनिबार मोर्चाका नेताहरुसँग छलफल गरेको थियो ।











