२७ कात्तिक, काठमाडौं । रानीपोखरीमा विगत १० वर्षदेखिआयोजना हुँदै आएको महापर्व छठ आयोजना गर्ने विषयमा दुई समूहबीच गम्भीर विवाद उत्पन्न भएको छ । छठ पर्व आयोजनाका लागि दुई समूहबीच गम्भीर विवाद उत्पन्न भएपछि काठमाडौं महानगरपालिको मातहतमा रहेको रानीपोखरीमा मध्यमार्गी बाटो निकाल्दै महानगरपालिकाले स्वयम् यस वर्षको छठ पर्व आयोजना गर्न निर्णय गरेका छन् । दुई समुहले आ आफनो नेतृत्वमा रहेको संस्थाले रानीपोखरीमा छठ आयोजना गर्नु पर्ने दाबी गरे पछि नगरपालिकाले विवाद रहित तरिकाले भव्यताका साथ छठ पर्व सम्पन्न गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार भएको हो ।

विगत १० वर्षदेखि रानीपोखरीमा तराई साँस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरुले आयोजना गर्दै आएका थिए । रानीपोखरीमा आयोजना हुने छठ पर्व अन्य ठाँउको तुलनामा मिडिया र आम जनताको चासोको केन्द्र बन्ने गरेको छ । साथैं देशको प्रमुख कार्यकारी, नेता, सांसद, ठुला पदाधिकारी, कुटनितिक नियोगका प्रतिनिधीको उपस्थितीले साच्चै नै रानी पोखरीको छठ महापर्व प्रत्येक साल उत्सवमा परिणत हुने गर्दछ ।
सुरुमा श्रीप्रसाद साह लगायतका समुहले छठ सम्पन्न गर्दै आएको थियो। बीचमा सोही समूहमा रहेका संजिव सिंह भन्ने व्यक्तिले एमाओवादी पार्टीको आडमा आफू संयोजक हुनु पर्ने भन्दै अवरोध सृजना गरेका थिए । श्रीप्रसाद साहको समूहले आर्थिक हिनामिना गरेको र व्यवस्थापन समेत राम्रो नगरेको आरोप अधिंकाशको छ ।
बीचको वर्षहरुमा दुई समुह बीच पुनः समझदारीमा छठ पर्व हुदैं आएको थियो । २०७० सालमा संजिव सिंहको संयोजकत्वमा छठ पर्व सम्पन्न भए पनि आर्थिक रुपमा हिनामिना गरेको आरोप उनी माथि लाग्यो । उनले विभिन्न संघ संस्था, नेता तथा व्यपारी बाट उठाएको रकम आयोजना समितिमा नबुझाई भ्रष्टाचार गरेको उनी माथि अर्को समुहले आरोप लगाएका हुन् ।

२०७१ सालमा छठ पर्वको अवसरमा नेता शरत सिंह भण्डारी बाट ५० हजार सहयोग लिएर हिसाव किताव समेत नबुझाए पछि सोधपुछ गर्दा गुण्डाले खाएको गैर जिम्मेवार उत्तर दिए पनि विपक्षी झन उनीमाथि आक्रोसित बनेका थिए ।
सो समितिमा रहेका अन्य सदस्यले संजिव सिंह सँग आर्थिक लेनदेनको विषयमा हिसाव किताव मागे पछि सिंहले हिसाव किताव नदिने गैर जिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै दुई समुह बीच गम्भीर विवाद र हात हालाहालको अवस्था सृजना समेत भएको थियो । अर्को समुहले सिंहले लगभग २ लाख जति आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् ।
मिति २०७२ कात्तिक २१ गते राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा विज्ञापन दिएर छठ पर्व आयोजनाको बारेमा बोलाइएको बैठकमा गुण्डाको सहयोगमा बैठक बिथोलेको आरोप समेत उनीमाथि लगाएका छन् । छलफलमा निर्वाचन प्रक्रियाद्वरा संयोजक र संस्थाको अध्यक्ष चयन गर्ने तयारी गरेपछि हार्ने अवस्था सृजना हुँदा उनले गुण्डा प्रयोग गरी चुनावको माइन्युट च्यातेका थिए ।
यसैबीच, संजिव सिंहले अर्को समूहका आनन्दप्रसाद गुप्तालाई कुटपिट गर्ने धम्की समेत दिएको उनले बताए ।











