२६ कात्तिक, काठमाडौं । लमजुङमा आज बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
अन्य २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जीप सडकबाट झन्डै २ सय मिटर मर्स्याङ्दी नदीको छेउमा खसेको छ । नवलपरासीको शिवनगर नगरपालिका कावासोतीका आएका खुशीराम आले, बेसीशहर १३, चनौटेका मोसा तामाङ र भरत थापा, नन्दबहादुर गुरुङ र तनहुँ पुर्कोट घर भई हाल बेसीशहर १३ चनौटे बस्दै आएका बसन्त श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।











