२४ कात्तिक, काठमाडौं । विशेष अदालतले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी र प्रशिक्षकलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

प्रहरीले खेलाडीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्धा दायर गरेको थियो । तर, थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमन भट्टराई, सदस्यहरु भुपेन्द्रप्रसाद राई र महेश प्रसाद पुडासैनीले ५०-५० हजार धरौटीमा छाड्न आदेश दिए ।
म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहित चार खेलाडी र एक प्रशिक्षक असोज २७ गते पक्राउ गरेका थिए ।
पक्राउ गर्नेमा उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।











