२४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले चीनको पेट्रो चाइनालाई व्यापार सम्झौताअघि नै इन्धनको कारोबार सुरु गर्न पत्राचार गरेको छ।

पछिल्लो पाँच दिनदेखि भारतबाट आपूर्ति ठप्प भएर इन्धनको चरम अभाव भएपछि निगमले सोमबार पेट्रो चाइनालाई ईमेलमार्फत पत्र पठाएर दुई पक्षीय सम्झौता अगावै इन्धनको कारोबार सुरु गर्न आग्रह गरेको हो।
निगमले अनुदान वापतको आउन बाँकी ६ सय ४५ किलो लिटर पेट्रोल आउने वित्तिकै इन्धनको कारोबार सुरु गर्न प्रस्ताव गरेको छ।
निगमका निमिक्त निर्देशक सुशिल भट्टराईले इन्धनको आपूर्ति निकै असहज बन्दै गएकाले तत्कालीन समस्या टार्न कुनै विकल्प नभएपछि दुई पक्षीय व्यापारिक सम्झौता अगावै इन्धनको कारोबार सुरु गर्न पेट्रो चाइनालाई पत्राचार गरिएको जानकारी दिए।
ुउनीहरूको जवाफको पर्खाइमा हामी बसेका छौुं, भट्टराईले अन्नपूर्णसँग भने- ‘पेट्रो चाइना सकारात्मक भए हामी अनुदान वापतको सम्पूर्ण इन्धन प्राप्त हुनासाथ दुई पक्षीय समझदारी पत्रमा टेकेर इन्धनको कारोबार सुरु गर्ने तयारीमा छौं।’
निगमका अनुसार पेट्रो चाइनाले माग गरेको इन्धन आपूर्ति सम्बन्धी विवरण कुन नाकाबाट आपूर्ति गर्दा सहज हुन सक्छ, कति परिमाणमा खरिद गर्ने, आवश्यक पूर्वाधार, मूल्य, ढुवानी संयन्त्रलगायतका जानकारी यस अघि नै पठाइ सकिएको छ।
निगमले इन्धन खरिद सम्झौंताका लागि पेट्रो चाइनाका अधिकारीलाई नोभेम्बर १६ देखि १९ तारेखभित्र नेपाल आउन पत्राचार गरेको छ।











