खुट्टाका जादुगरको हातमा टेम्पो स्टेरिङ
२० कात्तिक, काठमाडौं । बेलायतका चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम शुक्रबार बिहान नेपाल आएका छन् । बेकह्यामले आजै सुन्दर नगरी भक्तपुरको अवलोकन गर्दै बालबालिकासँग केहीबेर फुटबल समेत खेलेका छन् । उनले टोकन गेमका रुपमा बालबालिकासँग फुटबल खेलेका हुन् । भक्तपुर दरबार स्क्वायरमै टोकन गेमको आयोजना गरिएको थियो ।
युनिसेफका सद्भावना दूत उनले भक्तपुरको पद्म उच्च माविमा पुगेर बालबालिकासँग केही समय बिताएका थिए । बालबालिकाहरुका लागि सहयोग जुटाउने उद्देश्यले बेकह्याम सात महादेशको भ्रमणका क्रममा छन् ।

बिबीसीको डकुमेन्ट्री बनाउने टोलीसहित नेपाल आएका बेकह्यामले सात दिनमा सातओटै महादेशमा फुटबल खेल्ने र त्यसमार्फत् युनिसेफलाई सहयोग जुटाउने कार्य भैरहेको छ ।
एसिया महादेशका लागि बेकह्यामले नेपाल देश रोजेका थिए । नेपालको सुन्दरता र सगरमाथाको देश भन्दै उनले नेपाल रोजेका हुन् । बेकह्यामको यो कार्यक्रम सहयोग जुटाउनका लागि भएकोले भूकम्पप्रभावित देश भएका कारण पनि उनले नेपाललाई नै आफ्नो पहिलो रोजाइ बनाएका थिए ।
बेकह्यामले नेपाललाई रोजेपछि वृत्तचित्र निर्माण गर्ने बिबिसी र युनिसेफको टोलीले कार्यक्रमका लागि भक्तपुर र त्यहाँको पद्म मावि रोजिएको थियो ।
शुक्रबारै नेपाल अवतरण गरेका बेकह्यामले काठमाडौंमा सफा टेम्पोको यात्रा गरेर उनका नेपाल र विश्वभरका फ्यानलाई खुशी पारेका छन् । उनले आफैं ट्याम्पो चलाएर भक्तपुर पुगेका थिए ।
हेर्नुहोस् यसबारेको विस्तृत भिडियो :











