२० कात्तिक, काठमाडौं । नवनियूक्त सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राईले मुलुकमा देखिएको आपूर्ति समस्या केही दिनभित्रै समाधान हुने दावी गरेका छन ।
काठमाडौंमा शुक्रवार आयोजित साक्षात्कारमा बाल्दै राइले मुलुकको समस्या सरकारले टुलुटुलु हेरेर नबस्ने बताए । आपूर्ति ब्यवस्था सहज बनाउन सरकारले ठोस कदम चाल्ने जानकारी उनले दिए । सरकारले केही दिनमै आपूर्ति सहज गराउने दावी उनले गरे ।
मुलुकको समस्या र यसको समाधानको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गर्ने तयारी भैरहेको जानकारी मन्त्री राईले दिए ।

मन्त्री राईले संसारमा विकास भएका नयाँ प्रविधिलाई मुलुक विसकामा प्रयोग गर्ने भन्दै त्यसकोलागि अवरोध भए कानूनी ब्यवस्था नभए त्यसलाई समेत सुधार गरेर अघि बढ्ने धारणा राखे ।
मन्त्री राईले केही दिनमै आफ्नो कामको विषयमा रोडम्याप सार्वजनिक गरेर काम थाल्ने भन्दै आफू जहिले पनि पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको र भोली पनि यसकै पक्षमा उभिने स्पष्ट प्रतिबद्धता व्यक्त गरे ।
उनले आफूले पहिलो पटक सञ्चार मन्त्रालयको जिम्मेवारी पाए पनि निरन्तर राजनीतिक, नेपाली समाज र प्रेससँग काम गरेकोले आफ्नो लागि यो नौलो विषय नभएको बताए ।











