१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली इतिहासमै जनतालाई ठूलो भार थोपर्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले नेपालको इतिहासमा आधा दर्जन उपप्रधानमन्त्री बनाएका छन् । कुनैवेला महाकाली बेचेको आरोप खेपेका ओलीले तत्कालीन एमाले महासचिव मदन भण्डारी हत्या प्रकरणमा समेत अनेका आरोप लगाइएको थियो । कम्युनिष्टहरु भन्ने गर्छन् मानिसलाई चिन्ने व्यवहारले नै हो । ओलीले उनी जति राष्ट्रवादी कहलिन खोजे पनि जनतालाई भार थोपर्ने कामबाहेक नगरेको देखिएको छ । ४८ सदस्यीय मन्त्रीमण्डल बनाएर कुख्यात बनेका शेरबहादुर देउवाको रेकर्ड ४९ सदस्यीय मन्त्रीमण्डल बनाएर बाबुराम भटट्राईले रेकर्ड तोडेका थिए । यतिवेला ओलीले सर्वाधिक उपप्रधानमन्त्री बनाएर र रामवरण यादवलाई उपप्रधानमन्त्रीको आजिवन सुविधा दिने निर्णय गरेर जनतामाथि गम्भीर घात गरेको रेकर्ड राख्न सफल भएको छन् ।

ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन उपप्रधामन्त्री र चार मन्त्री थपेका छन् ।
यससँगै ओली सरकारमा छ उपप्रधानमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । १७ मन्त्री र दुई राज्यमन्त्रीसहित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २८ सदस्यीय भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त उपप्रधानमन्त्री मध्ये रावलले सहरी विकास, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालकालिका तथा समाज कल्याण मन्त्रालय सम्हाल्नेछन् ।
यस्तै बिहीबार नै चार मन्त्री थपिएका छन् । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चारमन्त्रीमा शेरधन राई, पर्यटनमन्त्रीमा आनन्द पोखरेल र श्रममन्त्रीमा शान्ता मानवी नियुक्त भएका छन् ।











