१८ कात्तिक, काठमाडौं । मधेस आन्दोलन र नाकाबन्दी तस्करहरुले गरेको आरोप एमालेले ठहर गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले आन्दोलन र नाकाबन्दीमा प्रशासन, प्रहरी र तस्करहरुको मिलेमतो रहेको आरोप लगाएका हुन् । संचारमाध्यमलाई प्रतिक्रिया दिंदै पोखरेलले चीनको झण्डा जलाउने आन्दोलनकारीलाई पक्राउ नगरी स्थानीय प्रहरी प्रमुख र प्रशासकले उनीहरुसँगै बसेर चिया पिउने गरेको बताए ।

वीरगंज लगायतका क्षेत्रमा भएको प्रदर्शनमा पेट्रोलको कालोबजारी गर्नेको प्रमुख हात रहेको उनले बताए । इन्धन तस्करहरुले नै अब वीरगंजको आन्दोलन मत्थर हुन नदिने र तस्करी गर्नकै लागि मधेसमा आन्दोलन भैरहेको पोखरेलको भनाइ छ । उता ट्यांकर रोक्ने र काठमाडौंमा इन्धनको कालोबजारी गर्ने काम भैरहेको उनले प्रष्ट पारे ।











