काठमाडौं, कार्तिक १८ । दक्षिण सुडानको राजधानी जुवामा बुधबार एक मालबाहक विमान दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
स्थानीय रेडियो ‘मिरायला’ले रुसमा निर्मित विमान माथिल्लो नाइल राज्यको पलोच्तर्फ जाँदै गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनाको समयमा विमानमा कति यात्रु थिए र जमिनमा कति मानिस थिए भन्ने यकिन नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपतिका प्रवक्ताले विमानमा रहेका चालक दलका एक सदस्य र एक जना बच्चा दुर्घटनामा बाँच्न सफल भएको बताएका छन् । दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन ।











