१८ कात्तिक, काठमाडौं । पहिलोपल्ट निजी कम्पनीलाई पेट्रोलियम आपूर्तिको अनुमति दिइएको छ । यस्तो अनुमति निजी कम्पनीलाई वितरण गर्ने अधिकार नदिई ढुवानी गर्ने अनुमति मात्रै नेपाल आयल निगमले दिएको हो । नेपाल आयल निगमले बिराट पेट्रोलियमलाई इन्धन ल्याउन स्वीकृती दिएको हो ।
निगमले इन्धन आपूर्तिका लागि आह्वान गरेको आशयपत्रमध्ये बिराटलाई मात्र स्वीकृती दिएको हो । निगमले इन्धन आपूर्ति गर्न चाहनेसँग आशयपत्र माग गर्दै सूचना प्रकाशित गरेपछि स्वदेशी तथा बिदेशी गरी २२ वटा कम्पनीले इन्धन ल्याउने पत्र दर्ता गराएका थिए ।
इन्धन आपूर्तिका लागि दर्ता गराएका मध्ये एउटालाई मात्र स्वीकृती दिइएको र इन्धन ल्याउनका लागि कम्पनीसँग सम्झौता पनि भइसकेको निगमका निर्देशक मुुकन्द घिमिरेले जानकारी दिएका छन् ।
निगमका अनुसार बिराटले भारतको सिलगुडीबाट इन्धन ल्याउने प्रतिवद्धता जनाएको छ ।












