१६ कात्तिक, वीरगंज । वीरगंजमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनकारीले निरन्तर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागी शंकारचार्य गेटमा एक प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीले सो स्थानमा कसैलाई पनि जान नदिएकोले मर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । मृतकलाई प्रहरीले प्लाष्टिकले छोपेर सडकमै राखेको छ ।

यसैबीच प्रदर्शनकारीले वीरगंज हुलाक कार्यालयमा समेत आगजनी गरेका छन्











