१६ कात्तिक, काठमाडौं । वीरगंजको अवस्था यतिवेला तनावग्रस्त बनेको छ । मितेरी पुलको नाका खोल्न प्रहरीले गरेको प्रयासको विरोध गर्दै अराजकहरुको समूहले पर्साका ३ वटा प्रहरी कार्यालयमा आगो लगाएका छन् । इलाका प्रहरी कार्यालय लंगडीका सबै सामानहरु बाहिर निकाले आन्दोलनकारीले जलाएका छन् । त्यस्तै मिर्जापुर र महुअन प्रहरी चौकीका सामग्रीहरु समेत अराजक भिडले जलाएको छ । कार्यालयका सबै सामग्री र मोटरसाइकल समेत जलाएको हाम्रा संवाददाताले जनाएका छन् ।

यतिवेला प्रहरी पछाडि हटेको छ भने विभिन्न स्थानबाट मधेसी मोर्चाका हजारौं कार्यकर्ता वीरगंजमा भेला भइरहेका छन् ।











