१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिपोहरुमार्फत आज राजधानी काठमाडौंमा मट्टीतेलको विक्रीवितरण गरेको छ । प्रतिव्यक्ति ३ लिटरका दरले पाइने मट्टीतेल लिन कम्तीमा ५ घण्टा लाइनमा बस्नुपरेको छ । अर्कोतर्फ डिपो संचालकहरुले मट्टीतेल भर्दा कम परिमाण दिएर सर्वसाधारण ठग्ने गरेको पाइएको छ ।
विहान चारबजेदेखि लाइनमा बसेका एक सर्वधारणले भने ९ बजे बल्ल पालो आयो । मट्टीले लिएको ग्यालिन देखाउँदै उनले भने तर मट्टीतेल तीन लिटर भने पनि अढाइ लिटरजति मात्र भएको उनले अनुमान गरे ।
डिपोहरुमा विहानैदेखि मट्टीतेल विक्री गरेपछि प्रहरी समेत त्यहाँ बसेको छ । पालो मिच्न नदिने र परिमाणमा तलमाथि गर्न नदिने भनी बसेको प्रहरीले समेत चलाख विक्रेताले कम परिमाणमा तेल दिँदा समेत केही बोलेका छैनन् । ड्रमबाट मट्टीतेल उभाउँदा कम मात्रामा उभाउने र स्वाट्ट खन्याउने गरी कम परिमाणमा मट्टीतेल दिएर उपभोक्ता ठग्ने गरेको पाइएको छ । त्यति नै मट्टीतेल पनि पाइएको भन्दै उपभोक्ता केही भन्न सकिरहेका छैनन् ।













