१४ कात्तिक, काठमाडौं । पूर्व माओवादी लडाकु कमाण्डर नन्दबहादुर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् । संसद भवन नयाँ वानेश्वरमा भएको निर्वाचनमा कांग्रेस प्रतिद्वन्द्वीलाई पराजित गर्दै पासाङ उपराष्ट्रपति चयन भएका हुन् ।

पासाङले ३२५ मत पाएका छन् । कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । मतदानमा जम्मा ५४६ मत खसेको थियो । १० मत बदर भएको थियो ।











