१३ कात्तिक, काठमाडौं । चर्को बिबादका बिच सत्तारूढ दलको तर्फबाट उपराष्ट्रपतिका उम्मेद्वार नन्दकिशोर पुनले भोलि हुने उपराष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । एमालेका नेता झलनाथ खनाल प्रस्तावक र राप्रपा नेपालका दिलनाथ गिरी समर्थक रहेर उनले उम्मेद्वारी दर्ता गराएका हुन् । मुलुकलाई एकताबद्ध तरिकाले अगाडि बढाउन आफूले उम्मेद्वारी दिएको बताउँदै पुनले सबै दलले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

पासाङको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु संसद भवन पुगेका थिए ।
उपराष्ट्रपति पदमा नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
व्यवस्थापिका–संसद् सचिवालय निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने रहेका छन् ।
२ उम्मेदवारबीच भोलि शनिबार संसदमा चुनावी प्रतिश्पर्धा हुने छ ।
यसैबीच साना दलहरुका तर्फबाट समेत अन्य दुई उम्मेदवारी परेका थिए । परिवार दलका नेता दयाराम कँडेल र स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले पनि उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराए पनि उनीहरु दुवैले उम्मेदवारी फिर्ता लिएका छन् ।











