११ कात्तिक, काठमाडौं । संघीय गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छिन् । अर्का प्रतिस्पर्धी केवी गुरुङलाई पराजित गर्दै भण्डारी राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा वुधबार भएको निर्वाचनमा ३२७ मत प्राप्त गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित बनिन् । अर्का प्रत्यासी केबी गुरुङले भने २१४ मत प्राप्त गरेका छन् ।












