१० कात्तिक, काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरुले आफूहरुलाई संचार माध्यमले अपराधी करार गरेको आरोप गुनासो गरेका छन् । म्याच फिक्सिङ्मा मोटो रकम लिई अरु देशलाई जिताएको मुद्दा दायर गर्नका लागि प्रहरीले आरोपी खेलाडीलाई विशेष अदालतमा लगेको समयमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । फुटबल कप्तान सागर थापाले संचाकर्मीलाई प्रतिक्रिया दिंदै संचारमाध्यमप्रति नै आरोप लगाए । आफूहरु सधैं देशको इज्जतका लागि खेलेको दावी गर्दै कप्तान थापाले आफूहरु निर्दोष रहेको निर्णय चाँडै नै जनतासमक्ष आउने विश्वास समेत व्यक्त गरे ।

लामो समय देखि खेल मिलेमतो गरेर पैसा लिई नेपाललाई हराएको पत्तो प्रहरीले लगाएपछि चार खेलाडी र एक प्रशिक्षकलाई विशेष अदालतमा म्याद थपका लागी लगिएको मंगलबार लगिएको हो । छानबिनको दायरामा रहेकाले त्यसको आधिकारिक कुरा पछि आउने खेलाडीहरुले बताएका छन् । पक्राउ पर्नेमा कप्तान थापासँगै उपकप्तान सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री र प्रशिक्षक केसी छन् । पक्राउ परेका खेलाडीहरुले आठ वटा अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गरेको दावी प्रहरीले गरेको छ ।











