कृष्णाकुमारी शर्मा
‘रस आउञ्जेल चुस्ने, आउन छाडेपछि थुक्ने’ उखान यतिवेला सबैभन्दा बढी कतै लागू भएको छ भने एमाले र राज्यलक्ष्मी गोल्छाबीच भएको छ । पार्टी अध्यक्ष केपी ओलीदेखि प्रदीप ज्ञवालीलगायतक विभिन्न नेताले राज्यलक्ष्मीलाई चुसेको र अहिले प्रधानमन्त्री बनेपछि ओलीले थुक्न खोजेका भन्दै गोल्छाले आपत्ति जनाएकी छिन् । बारम्बार गरेर एमालेको सबै तहका नेताहरुले रकम लिने र अहिल सांसद पदबाट हटाउने भनी एमालेले गरेको निर्णयप्रति गोल्छाले आपत्ति जनाएकी हुन् ।
गोल्छाले आपत्ति नजनाऊन् पनि किन ? उनलाई त सभासद् हुनु न थियो । प्रस्ताव त राप्रपा नेपालले पनि गरेकै थियो । दोस्रो सं्रविधान सभाको निर्वाचनमा गोल्छा एमाले र राप्रपा नेपाल दुवै पार्टीको समानुपातिक सभासद्को बन्द सूचीमा परेकी थिइन् । तर त्यतिवेला एमालेले गोल्छालाई यति रुचायो कि गोल्छालाई फकाएर राप्रपा नेपालको सूचीबाट उनको नाम हटाउन नै लगायो । राज्यलक्ष्मीले एमालेको बन्द सूचीमा आफ्नो नाम समेट्न अनुमति दिएको सनाखत समेत गरिदिएपछि मात्रै रकम कुम्ल्याउने कमल थापाको एउटा सपना तुषारापात भएको थियो । र, एमाले नेताहरुको रकम कमाउने सपना पूरा भएको थियो । रकम पार्टीका लागि भएको भए त ठीकै थियो । तर हरेक नेताले व्यक्तिगत रुपमा गोल्छासँग रकम लिएका रहेछन् । यो देशको राष्ट्रपति बन्ने तयारीमा रहेकी विद्या भण्डारीले समेत १५ लाख रकम दिएको त गोल्छा स्वयम्ले पत्रकार सम्मेलनमा भनेकी छिन् ।
विद्या भण्डारीलाई १५ लाख रकम दिँदा भण्डारीकै नाममा चेक दिन लाग्दा उनले नमानेको समेत गोल्छाले खुलासा गरेकी छिन् । अब प्रश्न छ विद्या भण्डारीले यसरी कति व्यापारीहरुसँग १५ लाख घुस लिएकी होलिन् । अब भोलि तिनै विद्या राष्ट्रपति भइन् भने राष्ट्रघाती काम होला । के हामी नेपालीले नसोच्ने ?
विद्या भण्डारी राष्ट्रपति भइन् भने देशमा एकाधिकार र अराजकता बढ्ने निश्चित छ । विगतमा देखिएको कट्वाल प्रकरणबाट पनि एकपल्ट पाठ सिक्नै पर्ने देखिन्छ । एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रधानसेनापति कट्वाललाई हटाउने निर्णय राष्ट्रपतिले स्वीकृत गरिदिएको भए देश आज यो अवस्थामा हुन्थ्यो वा अर्कै अवस्थामा ? सोचनीय छ ।
भोलि केपी ओलीले देशकै हितमा निर्णय गर्लान् भन्ने ग्यारेन्टी कसले लिन सक्छ । हिजो महाकाली बेचेको आरोप केपी ओलीलाई लगाउने बामदेव आज ओलीकै कित्तामा छन् भन्दैमा ओलीले सही काम गर्छन् भन्ने कसैले ठान्दैन । हिजो वामदेवले नै लगानी गरेका पत्रिकाहरुले केपी ओली र विद्या भण्डारीबीच अनैतिक सम्बन्ध रहेको भनेर नलेखेका र आरोप नलगाएका होइनन् । एमालेको पत्रिका दृष्टिको समानान्तर पत्रिकाका रुपमा समदृष्टि प्रकाशित गरेर र छानविन प्रकाशित गरेर केपी र विद्याको सम्बन्ध केलाउन वामदेवले नै लगाएका थिए । के ती सबै आधारहीन थिए ?
केपी र विद्याको सम्बन्ध जेसुकै होस् । तर उनीहरुबीच निकटत रहेको व्यवहार र घटनाक्रमले देखाउँछ । उनीहरु एउटै दलका पनि एउटै गुटभित्रका नेताहरु हुन् । यस्तो निकटता रहेका दुई नेता राष्ट्रपति र प्रधानमन्त्री हुँदा यो देश राजतन्त्रभन्दा पनि तानाशाही बन्ने र राणाकालभन्दा पनि जहानियाँ बन्ने हो कि भन्ने चिन्ता बढेको छ । सबैले सोच्नु जरुरी छ । कांग्रेसको बुद्धि फिरोस् र एमाओवादीको प्रस्ताव स्वीकार गरेर राष्ट्रपतिमा आफ्नो उम्मेदवार पठाओस् नत्र त कांग्रेस पनि पत्तासाफ हुने दिन टाढा देखिन्न ।












