२८ असोज, काठमाडौं । नेपालको राष्ट्रियतामाथि भारतीय खतरा बढ्दै गएको सन्दर्भमा अर्को छिमेकी चीनबाट समेत त्यति नै सुरक्षा खतराको संकेत देखिएको छ । चीनियाँ पत्रकारहरुमार्फत ड्रोन प्रयोग गरेर नेपाली सेनाको मुख्यालयको संवेदशनशील भिडियो तथा तस्वीहरु खिचिएको छ ।
नेपाली सेनाको मुख्यालय भद्रकालीको दृश्य ड्रोन प्रयोग गरेर अनधिकृत रुपमा खिच्ने २ चिनियाँ पत्रकारलाई प्रहरीले बुधबार पक्राउ गरी नेपालस्थित चिनियाँ दूतावासको दबाबपछि दूतावासकै कर्मचारीको जिम्मामा छाडेको छ । दूतावासको दवावमा उनीहरुलाई छाडिनुले चीनकै योजनामा यो कार्य भएको हुनसक्ने सहज अनुमान गरिएको छ ।

पक्राउ पर्नेमा दाई ल्याङ र लिदोङ बेन रहेका छन् । उनीहरु चाइना नेसनल टिभीमा कार्यरत भएको जनाइएको छ । संवेदनशिल क्षेत्रको फोटो ड्रोन प्रयोग गरेर खिचेको पाइएपछि महनगरीय वृत सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।











