उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कुटनीतिक प्रयास सुरु भईसकेको बताएका छन । थापाले अघोषित नाकाबन्दी भन्ने शब्द प्रयोग गरेनन् ।
मंगलबार आयोजित साक्षात्कारमा थापाले पारवहन समस्याको समाधान सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । दशैमा जनताले राहत महसुस गर्ने गर्ने उद्देश्यकका साथ काम थालिसकेको दावी समेत उनले गरे
थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको जानकारी दिए । पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र संबादको माध्यमबाट समाधान गरिने उनले बताए । यसकोलागि पहिलो मन्त्री परिषदको बैठकले आब्हान गरिसकेको पनि उनले उल्लेख गरे ।

दोस्रो पारवहन तथा आवागमनमा देखिएको असहजता राजनीतिक समस्या समाधान र भारतसँग कुटनीतिक संवादबाट कुरा गर्ने पहल भईरहेको छ उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्तीलाई बधाई दिदा भनेको कुराको आधारमा कुटनीतिक प्रयास हुने थापाको भनाइ थियो ।
त्यस्तै तेस्रो दैनिक उपभोग्य बस्तु आपूर्ति समस्या समाधानको लागि मौज्दातमा अल्पकालिन, मध्यकालिन र दिर्घकालीन समस्या समाधान गर्न पहल सुरु भईसकेको दावी उनले गरे ।
कुटनीतिक आचार संहिता कार्यान्वयनमा उनले नेपालमा कुटनीतिक मर्यादाले सीमा नाघिसकेको भन्दै त्यसमा सुधार गर्न ध्यान दिने बताए ।
फरक राजनीतिक विचार बोकेको भए पनि गणतान्त्रिक संविधानको सपथ आफूले खाएकोले यसको कार्यान्वयन आफ्नो कर्तव्य भएको भन्दै पार्टीले भने संविधानको विचार तथा अभिब्यक्तिको स्वतन्त्रता अनुसार आफ्नो विचारलाई अगाडि बढाउने बताए ।











