२५ असोज, काठमाडौं । सांसदहरुले सरकारको नेतृत्व गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्र जिम्मेवारी दिनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरुले राज्यको सम्पत्ति दुरुपयोग रोक्न यस्तो गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री बन्ने व्यक्ति वा मन्त्री बन्ने व्यक्ति सत्तामा पुग्नासाथ उपचारका नाममा करोडौं रकम दुरुपयोग गर्ने क्रम बढेको भन्दै नियुक्तिअघि स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने सांसदहरुले बताएका हुन् ।
जथाभावी रकम खर्च गर्ने प्रवृत्ति निरुसात्हित गर्न आवश्यक विधि तय गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए । क्यान्सरका विरामी सुशील कोइरालाले उपचारका नाउँमा विदेश गएर राज्यको धेरै रकम खर्च गरिसकेका छन् । लामो समयदेखि विरामी रहेका केपी ओली प्रधानमन्त्री बन्ने अवस्थामा सांसदहरुले यस्तो विधि तय गर्नुपर्नेमा जोड दिएका हुन् ।











