२२ असोज, काठमाडौं । नयाँ प्रधानमन्त्रीको प्रतिस्पर्धा नेपालमा सुरु भएको राति भारतले प्रशस्त तेल दिने भन्दै फोन गर्यो । यो पनि आफ्ना उम्मेदवार सुशील कोइरालाको पक्षमा मत बटुल्ने रणनीति हुन सक्छ । यन्डियन आयल कर्पोरशन आइओसीका अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई फोन गरेर सामान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन भनेका थिए । तर, आयल निगमका अधिकारीहरु भने फेरि झुक्याउन खोजिएको हो कि भन्ने आशंका गरेका छन्।
आईओसीका अधिकारीले अघिल्लो हप्ता पनि तेल दिने भन्दै बोलाएर नेपाली ट्यांकरहरु डीपोमा पुगेपछि १० प्रतिशत मात्रैमा लोड दिएर झुक्याएको थियो ।
प्रधानमन्त्री चयनका लागि उम्मेदवारी परेको रातमै भारतबाट तेल दिने भनी आएको फोन सुशील कोइरालालाई भोट माग्न थियो वा केपी ओली प्रधानमन्त्री बनेपछि सम्बन्ध सुधार गर्नुपर्छ भन्नेतर्फ थियो अबका दिनले बताउने छ ।














