२४ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाल देशको ३८ औं प्रधानमन्त्री बनेका छन् । व्यवस्थापिका संसदमा आज भएको प्रधानमन्त्री निर्वाचनमा ३३८ मत प्राप्त गर्दै ओली नयाँ प्रधानमन्त्री बनेका हुन् । उनका प्रतिश्पर्धीका रुपमा उम्मेदवार बनेका निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले भने २४९ मत प्राप्त गरे ।
ओलीलाई तेस्रो ठूलो दल एमाओवादी, चौथो ठूलो दल राप्रपा नेपाल, लगायतका दलहरुले मत दिएका थिए । व्यवस्थापिका संसदमा आइतबार जम्मा उपस्थित सांसदहरुको संख्या ५८७ रहेको थियो ।












