मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेको छ। संसद भवन नयाँ वानेश्वरमा एमाले एमाओवादी र लोकतान्त्रिकबीच भएको बैठकमा यस्तो सहमति भएको हो । सहमतिपछि लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग आठ बुँदे सहमतिमा हस्ताक्षर हुँदैछ ।












