२३ असोज, काठमाडौं । व्यवस्थापिका संसदको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी ओलीले तेस्रो र चौथो ठूलो दल लगायत अधिकांश दलको समर्थमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराए पनि उनलाई प्रधानमन्त्री बन्न नदिने गरी खेल सुरु भएको छ । ओलीलाई प्रधानमन्त्री बन्न नदिने र सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने गरी भारतीय गुप्तचर संस्था रअले योजना बनाइरहेको अति गोप्य स्रोतले जानकारी दिएको छ । रअका प्रमुख समेत नेपालमै रहेका छन् भने उनले सुशील कोइरालासँग आफ्नो देशका राजदूत रञ्जित रेलाई राखेर गोप्य सहमति गरिसकेको गोप्य स्रोत बताउँछ ।

संविधान सभाको प्रक्रियाबाट बाहिरिएका मधेसकेन्द्रित दलहरु समेत सुशील कोइरालालाई मत दिने तयारीमा छन् । विजय गच्छदारसहितका मधेसी दलहरुसँग ५८ मत छ । कांग्रेसको स्वयम्को २०७ छ । अब यसमा असहमति जनाएका पूर्णबहादुर खड्काले मत कोइरालाका पक्षमा हाल्छन् कि हाल्दैनन् भन्ने पनि आशंका छ ।
एमाओवादी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि एमाओवादीबाट करिब ३५ जना सांसदले फ्लोर क्रस गरेर कोइरालालाई मत हाल्ने गरी तयार पार्दै गरेको स्रोतले बताएको छ । शनिबार विज्ञप्ती प्रकाशित गरेर पार्टीको निर्णयप्रति आपत्ति जनाएका २९ केन्द्रीय सदस्यमा भने सबै सभासद् छैनन् । कांग्रेसको सबै मत, मधेसी दलको सबै मत र बाबुराम भट्राईका ३५ सहित केही साना दलका सांसदलाई रअले आफ्नो पक्षमा लिएमा कोइरालाले सजिलै चुनाव जित्ने देखिएको छ ।
भारतीय गुप्तचर संस्थाले कोइरालासँग मिलेर बनाएको प्रस्तावमा सांसद खरिदविक्रीका लागि रकम खर्च गर्ने योजना समेत सुनाएको थियो । प्रतिसभासद् कम्तीमा ५० लाख रुपैयाँ दिने तयारी रअले गरेको छ ।











