२३ असोज, काठमाडौं । बहुमतीय सरकार गठनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरकोमा बाबुराम भट्टराई पक्षधर नेताहरुले आपत्ति जनाएका छन् । तर आपत्ति जनाउनेमा भट्टराई पक्षका मानिएका टोपबहादुर रायमाझी छैनन् । यो अवस्थासँगै एकीकृत नेकपा माओवादीमा विवाद सुरु भएको छ ।

एमाओवादीका २९ नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयप्रति आश्चर्य प्रकट गरेका छन् । साथै निर्शत एमालेलाई समर्थन गरेमा आफूहरुको विमति जनाएका छन् ।
देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरेका हुन् ।
देशको समस्या समाधानको ठोस र भरपर्दो आधार विना नै एमालेलाई समर्थन गरेको भन्दै विज्ञप्तिमा भनिएको छ ‘देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय सहमति कायम गरेर जानु पवर्ने अवस्थामा यो निर्णयले हामीलाई गम्भीर एवं आश्चर्यचकित बनाएको छ ।’
निशर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश दलदलमा फस्ने भन्दै उनीहरुले यो निर्णयलाई गलत भनेका छन् ।
ओलीलाई समर्थन गर्दा आपत्ति जनाएका केन्द्रीय सदस्यहरू :
१. देवेन्द्र पौडेल
२. रामचन्द्र झां
३. नवराज सुवेदी
४. हिसिला यमी
५. गंगा श्रेष्ठ
६. प्रभु शाह
७. महेन्द्र पासवान
८. रामरिझन यादव
९. खिमलाल देवकोटा
१०. रामकुमार शर्मा
११. कुमार पौडेल
१२. वामदेव श्रेत्री
१३. लिलबहादुर थापा
१४. देवेन्द्र पराजुली
१५. वलावती शर्मा
१६. कल्पना धमला
१७. देवी खड्का
१८. लीला भण्डारी
१९. खगराज भट्ट
२०. कर्णध्वज के.सी.
२१. कृष्ण शर्मा
२२. हेमराज भण्डारी
२३. चीनक कुर्मी
२४. घनश्याम यादव
२५. सुशिला श्रीपाइली
२७. उपेन्द्र प्रसाद शाह
२८. सोनामसिंह स्याङतान
२९.देवराज रेग्मी
३०. राजेन्द्र किराती ‘प्रवेश’











