२३ असोज, काठमाडौं । नागरिक पर्यटन उड्यन तथा संस्कृतिमन्त्री कृपासुर शेर्पाले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनलाई हटाएका छन् । गोठाटारस्थित पशुपतिनाथको स्वामित्वमा रहेको जग्गाको बालुवा र गिट्टी ठेक्कामा दिने विषयमा टण्डनले प्रक्रियाको कुरा गरेपछि मन्त्रीले उनलाई हटाएर आफू अनुकुलका व्यक्ति नियुक्त गरेका हुन् । टण्डनलाई मन्त्रीस्तरीय निर्णयबाट उनलार्इ हटाइएको हो ।
मन्त्री शेर्पाले ठेक्का मिठाराम दाहाललाई दिन दबाब दिएका थिए । टण्डनले ठेक्का दिन नमानेपछि हटाइएको पर्यटन मन्त्रालय स्रोतले दाबी गरेको छ । सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति सरेश नेपाल सदस्यसचिवमा नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारको वालुवाखानी संस्कृतिमन्त्री र कोषका सदस्यसचिवको भ्रष्ट्राचार गर्ने प्रमुख पक्ष बन्दै आएको छ । यसअघिका सदस्य सचिव सुशील नाहाटाले करोडौं भ्रष्ट्राचार गरेको ठहर गरी अख्तियारले मुद्दा चलाइरहेको छ ।












