२२ असोज, काठमाडौं । मन्त्री पदको दुरुपयोग गर्दै अकुत भ्रष्ट्राचार गरेका कांग्रेस नेता खुमबहादुर खड्कालाई सरकारले २० लाख रुपैयाँ दिएको छ । खडकाको काठमाडौंमा भव्य घर छ भने दाङमा रहेको उनको घर भत्किएवापत यसअघि पनि क्षतिपूर्ति लिइसकेको छन् ।

द्वन्द्वकालमा माओवादीले भत्काएको घरको क्षतिपूर्तिस्वरुप भन्दै शुक्रबार मन्त्रीपरिषद्ले खडकालाई २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । आफ्नो कार्यकाल सकिनै लाग्दा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शान्ति तथा पूननिर्माण मन्त्री नरहरी आचार्यको प्रस्तावमा खड्कालाई रकम दिने निर्णय गरेको हो ।
मन्त्री आचार्यले सो प्रस्ताव राख्दा सुरुमा एमाले मन्त्रीहरुले असहमति जनाएका थिए । तर, मन्त्री आचार्यले खड्काको किड्नी फेल भएकोले सहयोग दिनुपर्ने जिकिर गरेका थिए ।
खड्काको दाङमा रहेको घर द्वन्द्वकालमा माओवादी कार्यकर्ताले भत्काइदिएका थिए । घर भत्किएवापत खड्काले यसअघि पनि क्षतिपूर्ति लिइसकेका छन् ।
यसैवीच सरकारले विभिन्न नेता कार्यकर्तालाई दसैं खर्चका नाममा लाखौं रकम समेत बाँडेको छ ।











